१२ असार २०८३, शुक्रबार

कर्मचारीले अबदेखि तलबसँगै इन्धन खर्च पाउने

कात्तिक २४, २०८०
काठमाडौं
कर्मचारीले अबदेखि तलबसँगै इन्धन खर्च पाउने

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो ।

निर्देशिका  अनुसार  सवारी  सुविधा  प्राप्त  गर्ने  कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको  मूल्य  बराबरको  रकम  मासिक  रूपमा  र  मोबिल,  बे्रक  आयलबापतको  रकम  त्रैमासिक  रूपमा उपलब्ध गराउनुपर्ने छ ।

यसरी प्रदान गरिने इन्धनबापतको रकम मासिक रूपमा दिने तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने खबर गोरखापत्रमा छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्