२९ जेठ २०८३, शुक्रबार

गणतन्त्रपछिका १५ वर्षमा रोल्पाको मुहार फेरिँदैछः प्रधानमन्त्री प्रचण्ड

कात्तिक २४, २०८०
काठमाडौं
गणतन्त्रपछिका १५ वर्षमा रोल्पाको मुहार फेरिँदैछः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पाको मुहार परिवर्तन हुँदै गएको बताएका छन् ।

शुक्रवार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताए ।

‘गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ । महान जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ । त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ । विकासका कामहरू अगाडि बढेका छन् । जिल्लाको मुहार फेरिँदैछ,’ उनले भने । 

प्रधानमन्त्री प्रचण्डले सहिद स्मृति सडक निर्माणको काम, कृषिका लागि सहयोग, उत्पादनमुलक नमुना कृषि प्रोजेक्टलगायत उठेका विषय महत्त्वपूर्ण रहेको बताउँदै यसलाई गम्भीरतापूर्वक लिएको बताए । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य वर्षमान पुन लगायतले सम्बोधन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्