१० असार २०८३, बुधबार

‘सहकारीप्रति जनताको विश्वास बढाएर अर्थतन्त्र निर्माण गर्नुपर्छ’

कात्तिक २४, २०८०
ललितपुर
‘सहकारीप्रति जनताको विश्वास बढाएर अर्थतन्त्र निर्माण गर्नुपर्छ’

 सभामुख देवराज घिमिरेले सहकारीप्रति जनताको विश्वास र आकर्षण बढाएर देशको अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा राखेका छन् । 

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ ललितपुरको आज आयोजित २९औँ वार्षिक साधारणसभामा मन्तव्य राख्दै सभामुख घिमिरेले बैंक नपुगेको ठाउँमा सहकारी पुग्ने बताउँदै यो क्षेत्रलाई राज्यले प्राथमिकता र महत्व दिएको धारणा राखेका हुन् ।

“हामीले २०७२ मा संविधान जारी गर्दा सरकारी, निजी र सहकारी गरी तीन खम्बे अर्थ नीति अवलम्बन गरेका छौँ । सहकारी भनेको कमजोर आम्दानी हुनेलाई एकताबद्ध गरेर ठूलो काम गर्न सक्ने अवसर प्रदान गर्ने माध्यम हो  । सबै जनताको अर्थतन्त्र समान अवसर कायम गर्ने माध्यम सहकारीलाई राज्यले पनि प्राथमिकता र महत्व दिएको छ”, उनले भने । 

उनले राष्ट्रियस्तरका बैंक पनि नपुगेको ठाउँमा पुग्ने महत्वपूर्ण आधार सहकारी भएको भन्नुहुँदै जनताको पहुँच नभएको ठाउँमा पहुँच पु¥याउने र वित्तीय कारोबारमा हरेक हिसाबबाट प्रेरणा दिने, बाटो देखाउने र देशको अर्थतन्त्रलाई मजबुत पार्ने आधारको रुपमा सहकारी रहेको बताए । 
 
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष परितोष पौड्यालले तीन दशकमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घले बहस र पैरवीलाई निरन्तरता दिएको र यसले सहकारी आन्दोलनलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले वित्तीय शिक्षालाई आधारभूत थलो बनाएको सङ्घले वार्षिक नीति तथा कार्यक्रममार्फत सहकारी आन्दोलनलाई अझ सवलीकरण गर्ने काममा आफूलाई उभ्याएको प्रष्ट पारे । 

सङ्घले सदस्य सुदृढीकरण कार्यक्रम, प्रारम्भिक संस्थाका सदस्यलाई मालिक बनाउने काम र सदस्यले लाभ प्राप्त गर्न सक्ने माध्यम तयार गर्ने अभियान थाल्नु पर्नेमा उनको जोड थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्