
भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा इंग्ल्यान्डले जीतका लागि ३३८ रनको विशाल लक्ष्य दिएपछि पाकिस्तान दबाबमा आएको छ ।
कोलकाताको इडेन गार्डेनले टस जितेर पहिले ब्याटिङ गर्दैै पूरै ५० ओभरमा ९ विकेट गुमाए ३३७ रन बनाएर विशाल लक्ष्य दिएसँगै पाकिस्तान दबाबमा आएको हो ।
यससँगै विश्वकप क्रिकेटको सेमिफाइनल पुग्न पाकिस्तानलाई असम्भवजस्तो देखिएको छ ।
किनकि, अब इंग्ल्यान्डले दिएको लक्ष्य ६.४ ओभरमा भेट्टाएमात्रै पाकिस्तान सेमिफाइनलमा पुग्नेछ । यो निकै कठिन परिस्थिति हो ।
इंग्ल्यान्डलाई विशाल स्कोरसम्म पुर्याउन ३ खेलाडीले अर्धशतकीय पारी खेलेका थिए । बेन स्ट्रोकले सर्वाधिक ८४, जाए रुटले ६० र जोनी बेरिस्टोले ५९ रन बनाए ।
पाकिस्तानका लागि हरिस राउफले सर्वाधिक ३ विकेट लिए ।