२६ जेठ २०८३, मंगलबार

भारतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा १० जनाको मृत्यु

कात्तिक २५, २०८०
काठमाडौं
भारतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा १० जनाको मृत्यु

नयाँ दिल्ली–भारतमा शनिवार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ५८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

दक्षिणी राज्य तमिलनाडुमा दिउँसो दुईवटा बस दुर्घटना हुँदा पाँच पुरुष र एक महिलासहित छ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएको एक प्रहरी अधिकारीले बताएका छन् ।  

उनका अनुसार चेन्नई–बेङगलोरू राजमार्गमा राज्य सरकारी बस र निजी बस एक आपसमा ठोक्किँदा तिरुपत्तुर जिल्लाको चेट्टीयप्पनुर क्षेत्रमा दुर्घटना भएको हो ।

ठक्करबाट दुबै सवारीसाधनको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइतेहरूलाई तिरुपत्तुर र भेल्लोर जिल्लाका अस्पतालमा भर्ना गरिएको छ ।

अर्को दुर्घटनामा, ‘उत्तरी राज्य हरियाणामा सडक दुर्घटनामा एकै परिवारका चार सदस्यको मृत्यु भएको छ,’ एक स्थानीय प्रहरीले फोन मार्फत बताएका छन् । 

दिल्लीबाट करिब ४५ किलोमिटर टाढा हरियाणाको गुरुग्राम जिल्लाको दिल्ली–जयपुर राजमार्गमा विपरित दिशाबाट आउँदै गरेको कारमा तेल ट्याङ्कर ठोक्किएर दुर्घटना भएको हो ।

कारमा आगलागी हुँदा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्को एक जनाको उद्धारक्रममा मृत्यु भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्