
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिमाचल प्रदेश पुगेका छन् । आइतबार बिहानै उनी सैनिक पोशाकमा हिमाचल प्रदेशको लाप्चा पुगेका हुन् ।
उनले दिपावली मनाउन आफू लाप्चा पुगेको सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा बताएका छन् ।

'बहादुर जवानसँग दिपावली मनाउन म हिमाचल प्रदेशको लाप्चा पुगेको छु,' उनले लेखेका छन् । भारत-चीन सीमास्थित रहेको लेप्चा तिब्बतसँग नजिक छ ।
