
काठमाडौं र अर्घाखाँचीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । बल्खुस्थित सुकुम्वासी बस्तीस्थित टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका-१ घर भएका ४५ वर्षीय गोकुल खड्का आफ्नै टहरामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी अर्घाखाँचीको मालारानी गाउँपालिका-३ ढाडमसिना सामुदायिक वनको भिरमा सोही गाउँपालिकाका ७० वर्षीय छविलाल खत्री आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।