०५ साउन २०८३, मंगलबार

गाजा पट्टीका अस्पतालहरूको सेवा बन्द

कात्तिक २७, २०८०
काठमाडौं
गाजा पट्टीका अस्पतालहरूको सेवा बन्द
फाइल फोटो

इजरायली आक्रमणका कारण अत्यावस्यक वैकल्पिक जेनेरेटरहरू समेत सञ्चालन गर्न इन्धनको अभाव भएपछि उत्तरी गाजा पट्टीमा प्यालेस्टिनी अस्पतालहरूले सेवा बन्द गरेका छन् ।

‘इजरायली आक्रमण र इन्धन सकिएको कारण अल–अहली अस्पताल बाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले उल्लेख गरेका छन् ।

अल–शिफा मेडिकल अस्पतालमा जेनेरेटर अभाचका कारण पाँच नवजात शिशु र सात अन्य बिरामीको मृत्यु भएको  मन्त्रालयका प्रवक्ताले बताएका छन् । मिर्गौला डायलासिसका बिरामीको उपचार गर्न नसक्दा थुप्रै विरामीको ज्यान जान सक्ने अवस्था रहेको पनि उनले उल्लेख गरेका छन् ।

आइतबार  प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी ९पीआरसीएस० ले गाजा शहरको अल-कुड्स अस्पताल इन्धन अभाव र बिजुली कटौतीको कारणले सञ्चालन बन्द गरेको बताएको छ।

salt training

कमेन्ट गर्नुहोस्