२९ जेठ २०८३, शुक्रबार

आगलागीमा घाइते १४ जनालाई काठमाडौँ ल्याइयो

कात्तिक २७, २०८०
काठमाडौं
आगलागीमा घाइते १४ जनालाई काठमाडौँ ल्याइयो

मोरङको उर्लाबारीमा भएको आगलागीको घटनामा घाइतेमध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । घाइतेहरूलाई सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौँ ल्याइएको हो । 

आइतबार राति साढे १० बजे उर्लाबारी नगरपालिका ७ बरगाछिका दीपक कार्कीको घरमा अचानक आगलागी भएको थियो । 

घटनालगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उक्त आगलागी नियन्त्रण गर्ने प्रयास गरेपनि एकाएक दुर्घटना निम्तिएको थियो । नियन्त्रणकै क्रममा क्रममा घर भित्र पार्किङ गरी राखेको कारमा समेत आगलागी भई विस्फोट हुँदा ४ जना प्रहरी र २३ जना स्थानीय गरी २७ जना घाइते भएका थिए । 

अन्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्