२४ जेठ २०८३, आइतबार

बाँकेमा धारिलो हतियार प्रहारबाट युवक गम्भीर घाइते

कात्तिक ३०, २०८०
बाँके
बाँकेमा धारिलो हतियार प्रहारबाट युवक गम्भीर घाइते

बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । हतियार प्रहारबाट कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । 

विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । 

घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्