२४ जेठ २०८३, आइतबार

चीनको साङ्सी प्रान्तमा आगलागी, २५ जनाको मृत्यु​

कात्तिक ३०, २०८०
काठमाडौं
चीनको साङ्सी प्रान्तमा आगलागी, २५ जनाको मृत्यु​
फाइल फोटो

उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको र दर्जनौंलाई अस्पताल पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । ​

लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सीसीटीभीले जनाएको छ । 

उक्त टीभीले आगलागीमा परेर २५ जनाको मृत्यु भएको पुष्टि गरेको हो । 

यसअघि सीसीटीभीले ६३ जनालाई उक्त भवनबाट बाहिर निकालिएको र तीमध्ये ५१ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको थियो । यद्यपि टीभीले अस्पतालमा पुर्‍यनइएकामध्ये कसैको मृत्यु भएको हो होइन भन्नेबारे केही बताएको छैन । 

‘उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ’, सीसीटीभीले भनेको छ, ‘आगो अहिले नियन्त्रणमा आइसकेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्