०७ असार २०८३, आइतबार

ईयूद्वारा भूकम्प पीडितलाई २८ करोड ८० लाख सहयोग

कात्तिक ३०, २०८०
काठमाडौं
ईयूद्वारा भूकम्प पीडितलाई २८ करोड ८० लाख सहयोग
फाइल फोटो

युरोपेली सङ्घ (ईयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । ईयूले  मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । 

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्प पीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ । 

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । 

युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्प पीडितलाई उपलब्ध गराइएको हो । 

कमेन्ट गर्नुहोस्