
फिफा विश्वकप २०२६ को छनोटमा विश्व च्याम्पियन अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ । गएराति भएको खेलमा विश्व च्याम्पियन अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भएको हो ।
ब्यूनस आयर्सको अल्बर्टो जे अर्मान्डो स्टेडियममा भएको खेलमा उरुग्वेका लागि रोनाल्ड अराउजो र डार्विन नुनेजले निर्णायक गोल गरे ।
लियोनल मेस्सीले पुरै खेल खेले पनि अर्जेन्टिनालाई हारबाट जोगाउन सकेनन् ।
कतार विश्वकपको आफ्नो उद्घाटन खेलमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो ।