०६ असार २०८३, शनिबार

मकवानपुरमा​ स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

मंसिर २, २०८०
मकवानपुर
मकवानपुरमा​ स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । धरान–चतरा सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो । 

ठूला दमारबाट हटियातर्फ आउँदै गरेको ना२५प ८३५६ नंको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार, स्कुटरको ठक्करबाट गम्भीर घाइते विकको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रहरीले चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्