
भारतको झारखण्डको गिरिध जिल्लामा शनिवार कार रुखमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जनाकारीअनुसार दुई बालबालिकासहित १० जना टिकोडिहस्थित विवाह समारोहबाट फर्केर थोरिया गाउँ जाने क्रममा उक्त घटना भएको हो ।
तीव्रगतिमा रहेको गाडी मुफ्सिल प्रहरी चौकी क्षेत्रको बाघमारामा पुगेपछि चालकले नियन्त्रण गुमाउँदा उक्त कार सडकको छेउमा रहेको रुखमा ठोक्किएको हो ।
यस घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई बालबालिकासहित पाँच जना घाइते भएका छन् ।
शव पोस्टमार्टमका लागि पठाइएको र घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।