२५ जेठ २०८३, सोमबार

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट, आजबाट प्रारम्भिक सुनुवाइ हुँदै

मंसिर ४, २०८०
काठमाडौं
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट, आजबाट प्रारम्भिक सुनुवाइ हुँदै

टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको थियो । रिटमाथि आजबाट सुनुवाइ हुन लागेको उनले बताए । 

नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले सामाजिक सद्‌भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।

रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ । सरकारको निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्