१० असार २०८३, बुधबार

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पाटेबाघ मृत भेटियो

मंसिर ४, २०८०
चितवन
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पाटेबाघ मृत भेटियो
फाइल फोटो

चितवनमा पाटेबाघ मृत फेला परेको छ ।

भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो । 

अन्दाजी ६/७ वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

बाघ एक आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोस्टमार्टमको तयारी गरेको छ । 

सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ वटा बाघ रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्