
हलमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको रेकर्ड राखेको ‘कबड्डी ४’ले युट्युबमा पनि निकै लोभलाग्दो भ्युज पाइरहेको छ ।
युट्युबमा सार्वजनिक भएको तीन सातामै यो चलचित्रले एक करोड बढी भ्युज पाइसकेको छ । अहिले पनि चलचित्र ट्रेन्डिङमै छ । युट्युबमा सार्वजनिक भएको एक दिनमै चलचित्रले ट्रेन्डिङको पहिलो नम्बरमा कब्जा जमाएको थियो ।
रामबाबु गुरुङको निर्देशन रहेको यो चलचित्र अघिल्लो वर्ष जेठ १३ गतेबाट हलमा प्रदर्शनमा आएको थियो ।
चलचित्रले घरेलु बक्स अफिसमा २२ करोड रूपैयाँ बढी कमाइ गरेको थियो ।
यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, उपेन्द्र सुब्बा लगायतका कलाकारको अभिनय छ ।