०५ साउन २०८३, मंगलबार

उर्लाबारी आगलागी: घाइते एक जनाको उपचारको क्रममा मृत्यु

मंसिर ५, २०८०
काठमाडौं
उर्लाबारी आगलागी: घाइते एक जनाको उपचारको क्रममा मृत्यु
प्रतिकात्मक तस्वीर

गत कार्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी भएको आगलागीमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

उर्लाबारी–७ स्थित आफ्नै घरमा दीपक कार्कीले सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलमा आगलागी हुँदा घाइते भएका सोही स्थानका  ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको हो । 

पण्डितको काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रमा मंगलबार बिहान २:४५ बजेतिर मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । सोही अस्पताललमा गम्भीर अवस्थाका ८ जनाको आईसीयूमा उपचार भइरहेको जनाइएको छ । 

राति १०:३० बजेतिर अचानक आगलागी शुरू भएपछि निभाउन गएका ४ प्रहरी र २४ स्थानीय  घाइते भएका थिए ।

प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखभन्दा धेरैको क्षति भएको छ । आगलागीका कारण भने अहिलेसम्म खुलेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्