०५ असार २०८३, शुक्रबार

दीपक मनाङेको प्रस्तुतिमा चलचित्र ‘कंगारु’ बन्ने, ‘लाखे’ निर्देशक बस्नेतले निर्देशन गर्ने

मंसिर ५, २०८०
काठमाडौं
दीपक मनाङेको प्रस्तुतिमा चलचित्र ‘कंगारु’ बन्ने, ‘लाखे’ निर्देशक बस्नेतले निर्देशन गर्ने

गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा ‘कंगारु’ नामक चलचित्र निर्माण हुने भएको छ । 

यो चलचित्रलाई ‘लाखे’का निर्देशक सम्राट बस्नेतले निर्देशन गर्नेछन् । सस्पेन्स, थ्रिलर र कमेडी जनरामा चलचित्र निर्माण गर्न लागिएको निर्देशक बस्नेतले बताएका छन् । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो । 

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मससँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ ।

चलचित्रको सह–निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टिका भण्डारी र सन्तोष अधिकारी(अस्ट्रेलिया) कार्यकारी निर्माता रहने यो चलचित्रको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अस्ट्रेलिया) रहेको छ । चलचित्रमा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ । चलचित्र निर्माणमा लक्ष्मी ज्वेलर्स (यूके)ले पनि सहकार्य गरेको छ । 

चलचित्रको विषयमा निर्देशक बस्नेत भन्छन्–‘मैले लाखेलाई एक्सन जनरामा निर्माण गरेको थिएँ । यसपछि, केही फरक कथा भन्न मन लागेको थियो । यसैले, कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ वर्ष समय लगाएका छौँ । दर्शकले, यसपटक फरक स्वादमा चलचित्र हेर्न पाउनुहुनेछ ।’ 

चलचित्र लागि विभिन्न कलाकारहरूसँग कुराकानी भएको र चाँडै नै फाइनल गर्ने निर्माणपक्षले बताएको छ । यो चलचित्रको छायांकन फागुनदेखि सुरु हुने बताइएको छ । 

दीपक मनाङेले यसअघि ‘दुई नम्बरी’ चलचित्रमा लगानी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्