०४ असार २०८३, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७२ ग्राम पहेँलो धातुसहित एक जना पक्राउ

मंसिर ५, २०८०
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७२ ग्राम पहेँलो धातुसहित एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट करिब २७२.३७ ग्राम पहेँलो धातुसहित एक जना पक्राउ परेका छन् । अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने बस्तुसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय रामसुन्दर श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

गेटमा जाँच गर्ने क्रममा ३ थान बेरूवा औंठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटमा बनाई प्लाष्टिकले बेरेको ल्याएको सुनजस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद सुनसहित उनलाई भन्सार कार्यालय सिनामंगल बुझाइएको प्रहरीको भनाइ छ । 

यस्तै, रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १३ लाख ८८ हजार ४ सय रुपैयाँ बराबरको १२ तोला तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गेरको छ । पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिका-५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाइकुण्ड गाउँपालिका-३ ब्रिदीम बस्ने २३ वर्षीय ड्वाङ लोप्साङ तामाङ रहेका छन् ।

सोही ठाउँस्थित नेपाल-चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ३ थान बेरूवा औंठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्