
न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई तोक्न परामर्श गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलवार बसेको बैठकले उक्त परामर्श गरेको हो ।
त्यसै गरी विशेष अदालतका सदस्यहरूमा उच्च अदालत जनकपुर, राजविराज इजलाशका तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलाशका रामबहादुर थापा, उच्च अदालत पाटनका मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका रितेन्द्र थापालाई तोक्न सिफारिश गरेको हो ।
त्यसै गरी सोही बैठकले उच्च अदालत जनकपुरका न्यायाधीश बलभद्र बास्तोलाको काजसमेत फिर्ता गरेको छ ।