
सुन तस्करीमा संलग्न रहेका अभियुक्तविरुद्ध दोलखा प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय दोलखामा दर्ता गरेको छ ।
१० महिनामा ३३ किलो सुन तस्करी गरेको अभियोगमा प्रहरोले दुई विदेशीसहित २७ जना संलग्न रहेको जनाएको छ । पक्राउ परेका अभियुक्त र फरार रहेकालाई मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।
अहिलेसम्म तस्करी समूहका चिनियाँ नागरिक आकर लामा र ग्याङ तथा नेपाली नागरिक नुर्बुछिरिङ शेर्पा (काठमाडौँ), पेम्बा तामाङ (दोलखा), चसमान तामाङ (दोलखा), केशर तामाङ (दोलखा), माधबकुमार मगर (दोलखा), सनद प्रधान (गुल्मी), लालबहादुर तामाङ (सिन्धुपाल्चोक), तिलक विक (बाग्लुङ), दीपेन्द्रराज शाक्य (ललितपुर), चेतनाथ न्यौपाने (रसुवा), महिमा माझी (रामेछाप) तथा सुनमाला तामाङ (दोलखा) लाई पक्राउ गरेको छ। प्रहरीको अनुसन्धानबाट गिरोहले सुनको भुक्तानीमा ठुलो मात्रामा विदेशो मुद्रा अवैध कारोबार गरेको खुलेको खबर गोरखापत्रले छापेको छ ।