०३ साउन २०८३, आइतबार

‘चलचित्रका लागि साँचेका मौलिक कथाहरू छन्, लगानी गर्न हिम्मत आएको छैन’

मंसिर ६, २०८०
काठमाडौं
‘चलचित्रका लागि साँचेका मौलिक कथाहरू छन्, लगानी गर्न हिम्मत आएको छैन’

साङ्गीतिक क्षेत्रमा लोभलाग्दो ख्याति कमाएका प्रकाश सपूतले ‘परदेशी २’मार्फत चलचित्र उद्योगमा पाइला राखे । दशैँको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रले सुखद् व्यापार गर्न सफल रह्यो । उनै प्रकाशले चलचित्र निर्माणमा समेत पाइला चाल्ने तयारी छ । यद्यपि, उनले केही कारणहरूले चलचित्रमा लगानी गर्न हिम्मत नआएको बताएका छन् । 

प्रदर्शनरत चलचित्र ‘दिमाग खराब’ले पर्दाभित्र र पर्दा बाहिर उठाएको मुद्दाको प्रशंसा गर्दै प्रकाशले बुधवारफेसबुकमा लेखेका छन्, ‘ आन्तरिक नेपाली चलचित्रबीचको खिचातानी होस् वा विदेशी चलचित्र लिएर गरिने हस्तक्षेप । कम्तीमा चलचित्र प्रदर्शनलाई व्यावसायिक रुपमा मर्यादित, पारदर्शी र न्यायपूर्ण बनाइदिए हुन्थ्यो ।’ 

उनले अगाडि लेखेका छन् ‘ किनकी चलचित्रमा भन्न सकिन्छ कि भनेर साँचेका केही आफ्ना मौलिक कथाहरू छन । यस्तै केही कारणहरूले लगानी गर्न हिम्मत आएको छैन ।’ उनले चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले गरेको अभिनयको प्रशंसा गरेका छन् । 

‘दिमाग खराब’ले दर्शक बढिरहँदा पनि शोज कटौती भएपछि शोज र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै प्रदर्शन रोक्ने चेतावनी दिएको थियो । त्यसपछि चलचित्रले हिन्दी चलचित्रसरह शोज पाएको थियो । सेयर बाँडफाँडको विषयमा भने टुंगो लागेको छैन । प्रदर्शनभर ५० प्रतिशत सेयर पाउनुपर्ने माग चलचित्र टिमको छ । सेयर बाँडफाँड लगायतका मुद्दाको विषयमा टुंगो लगाउन चलचित्र संघ र चलचित्र निर्माता संघले वार्ता टोली नै गठन गरेर छलफल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्