![प्रसाईंको कार्यक्रममा अघि–अघि धर्मगुरू, पछि–पछि आमनागरिक [भेलाको तालिकासहित]](https://lktcdn2.prixacdn.net/media/Durga_Prasai1_XBkIAcRY7b.jpg)
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीवार काठमाडौंमा गर्ने प्रदर्शनमा धार्मिक झण्डा र राष्ट्रिय झण्डाबाहेक अन्य झण्डा प्रयोग गर्न निषेध गरिएको छ ।
प्रसाईं नेत्तृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।
र्यालीको अग्र स्थानमा धर्मगुरूहरू, ओमकार परिवार, नाथ लगायतलाई राखेर त्यसपछि आमनागरिक पछि लाग्ने सहप्रवक्ता राजानन्द माण्डव्यले जनाएका छन् ।
यसैबीच, महाअधियानले बिहीबार बिहान १०ः३० बजे शुरू हुने र्यालीको तालिकासमेत सार्वजनिक गरेको छ । जसमा रुट नम्बर र समेटिने क्षेत्र र भेला हुने स्थान तथा प्रस्थान गर्ने समयसमेत दिइएको छ ।
प्रदर्शन कार्यक्रम जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेबमोजिम बल्खुमा हुनेछ ।
यता, पूर्वएमालेसमेत रहेका मेडिकल व्यवसायी प्रसाईंसँगै एमाले नेता महेश बस्नेतले पनि बिहीवार काठमाडौंमा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएका छन् । सम्भावित झडपलाई लिएर सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।
हेरौं प्रसाईंको कार्यक्रम तालिका:
