११ असार २०८३, बिहीबार

गोप्य विषय केन्द्रकै सेक्युरिटी प्रेसमा छपाइ गर्न दिन आग्रह

मंसिर ६, २०८०
काठमाडौं
गोप्य विषय केन्द्रकै सेक्युरिटी प्रेसमा छपाइ गर्न दिन आग्रह

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेका छन् । 

 केन्द्रले गरिरहेको विद्यालयस्तरको पाठ्य पुस्तकको छपाइको मन्त्री महतले स्थलगत अनुगमन गरेका हुन् । उनले जनक शिक्षाको सेक्युरिटी प्रेसको समेत अनुगमन गरे । 

मन्त्री डा महतलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रका काम र गतिविधिको बारेमा जानकारी गराउँदै पुस्तक छपाइ र अन्य सामग्री छपाइको बारेमा जानकारी गराएका थिए । उनले विगत चार वर्षदेखि नेपाल सरकारको अन्तःशुल्कसम्बन्धी काम सेक्युरिटी प्रेसमा छपाइ हुँदै आएकोमा सरकारले यसवर्ष उक्त काम भारतमा छपाइ गर्न लगेको भन्दै सरकारका त्यस्ता गोप्य काम केन्द्रकै सेक्युरिटी प्रेसमा छपाइका लागि दिन आग्रह गरे । मन्त्री डा महतले जनक शिक्षालाई कामको खाँचो नहुने भन्दै सरकारले छपाइका लागि केन्द्रलाई नै दिने प्रतिबद्धता जनाए । 

salt training

कमेन्ट गर्नुहोस्