०१ असार २०८३, सोमबार

एमाले र दुर्गा प्रसाईंको प्रदर्शन: ड्रोन र सीसीटीभीबाट सुरक्षा निगरानी गर्दै प्रहरी

मंसिर ७, २०८०
काठमाडौं
एमाले र दुर्गा प्रसाईंको प्रदर्शन: ड्रोन र सीसीटीभीबाट सुरक्षा निगरानी गर्दै प्रहरी

नेकपा एमालेका युवा र विद्यार्थी संगठन तथा व्यवसायी दुर्गा प्रसाईंले बिहीवार गर्न लागेका छुट्टाछुट्टै प्रहरीले प्रहरीले ड्रोनबाट निगरानी गर्ने भएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार आन्दोलन हुने स्थान तथा अन्य स्थानहरूमा समेत ड्रोनबाट निगरानी गर्न लागिएको हो ।  तर, कतिवटा ड्रोनबाट निगरानी हुने भन्ने प्रहरीले खुलाएको छैन ।

‘हामीले ड्रोन तथा सीसीटीभीलगायतका माध्यमबाट निगरानी गरी त्यसको विश्लेषण गरेर थप जनशक्ति परिचालन गर्नेछौं,’ एसएसपी मैनालीले लोकान्तरसँग भने  । 

उनका अनुसार अहिलेसम्म उपत्यकाको अवस्था सामान्य रहेको छ । प्रहरीले हिजोदेखि नै विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा दिएको छ । आवश्यक परेको अवस्थामा प्रहरी प्रधान कार्यालयबाट थप फौज मगाएर सुरक्षा दिने तयारी रहेको एसएसपी मैनालीले बताए ।

प्रहरी अधिकारीहरूले गरेको सूक्ष्म विश्लेषणमा दुर्गा प्रसाईंको कार्यक्रममा ७ हजारको हाराहारीमा र महेश बस्नेतको कार्यक्रममा ३ हजार ५ सयको हाराहारीमा मानिसहरू उपस्थित हुनसक्ने आकलन छ ।

नेपाल प्रहरीबाट ४ हजारभन्दा माथि र सशस्त्र प्रहरीबाट १५ सयमाथि प्रहरी परिचालन भएका छन् ।

उपत्यकामा करिब साढे २ हजार प्रहरी प्रदर्शनस्थलमा खटिएको छ । एकीकृत सुरक्षा योजना लागू गरेर डीआईजी लालमणि आचार्यको नेतृत्वमा टोली खटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्