०५ साउन २०८३, मंगलबार

गणतन्त्रका कारण महिला सशक्तीकरणमा सहयोग पुगेको छ  :  मन्त्री शर्मा

मंसिर ८, २०८०
दाङ
गणतन्त्रका कारण महिला सशक्तीकरणमा सहयोग पुगेको छ  :  मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रका कारण महिला शसक्तिकरणमा सहयोग पुगेको बताएकी छन् । 

दाङको लमही नगरपालिका–१ सुन्डवरीमा निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाको नवौंँ वार्षिक साधरणसभामा मन्त्री शर्माले गणतन्त्र स्थापना भएपछि छोरीलाई पनि सम्मानपूर्वक हेरिन थालेको बताइन् ।  

मन्त्री शर्माले भनिन्, “अहिले महिला अधिकारका विषय संस्थागत बन्दै गएका छन्, महिलालाई बाहिर निस्कन नदिने समाजमा अहिले प्रत्येक क्षेत्रमा महिला अधिकारका विषय उठेका मात्रै छैनन् विस्तारै अनिवार्य बन्दै संस्थागत  भएका छन् ।” 

महिलाहरु केही गर्न सक्दैनन् भन्नेहरुलाई महिलाले चलाएका सहकारीले उदाहरणीय काम गरेर देखाइरहेको भन्दै मन्त्री शर्माले उद्यमको माध्यमबाट महिलाहरु उत्पादनसँग जोडिएकोमा खुसी व्यक्त गरिन् । उत्पादित वस्तु तथा सेवालाई बजारीकरणको काममा स्थानीय सरकारले सहयोगी भूमिका निर्वा गर्न आवश्यक भएको बताइन् । 


यसैबीच, आजै नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं १ ले आयोजना गरेको एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य मन्त्री शर्माले गणतन्त्र जनताकै शासन व्यवस्था भएका कारण  गल्ती गर्ने व्यक्ति ढिलोचाँडो सजायको भागीदार हुने बताइन् । 

मन्त्री शर्माले वर्तमान सरकारले प्रतिकूलतामा पनि धेरै महत्वपूर्ण काम गरेर लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्ने अथक प्रयास गरिरहेकोे बताइन् । रासस

कमेन्ट गर्नुहोस्