
भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० क्रिकेट आज हुँदैछ । दुई देशबीचको खेल खेल नेपाली समययानुसार साँझ सवा सात बजे भारतको गुवाहाटीमा हुनेछ ।
दुई देशबीच पाँच खेलको टी–२० शृङ्खलामा भारत २–० ले अगाडि छ । आजको खेल जितेका भारतले शृङ्खला जित्नेछ । यो शृङ्खलालाई जोगाउन अस्ट्रेलियालाई आज जित्नैपर्ने दबाब छ ।
पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले र दोस्रो खेलमा ४४ रनले हराएको थियो ।
अघिल्लो हप्ता सम्पन्न एकदिवसीय विश्व कप क्रिकेटमा भारतलाई हराउँदै अस्ट्रेलियाले उपाधि जितेको थियो ।