
टिकटकबाट उदाएकी प्रिन्सी खतिवडाले हिन्दी गीतको भिडियोमा मोडलिङ गरेकी छन् ।
बलिउडको चर्चित म्युजिक कम्पनी टी–सिरिजको एक गीतमा उनले मोडलिङ गरेकी हुन् ।
सरकारले टिकटक बन्द गर्नुअघि भाइरल भएको गीत ‘बादल वर्षा बिजुली’को टिकटक भिडियोको व्यापक चर्चाबीच कम्पनी आफैंले इमेलमार्फत मोडलिङको प्रस्ताव गरेको प्रिन्सीले बताएकी छिन् ।
‘जान देंगे तुम्हे’ बोलको गीतको भिडियोमा उनले मोडलिङ गरेकी हुन् ।
रोमान्टिक यो गीतमा प्रिन्सी र लक्ष्य कपुरले अभिनय गरेका छन् । गीतको भिडियो भोलि (बिहीवार) टी–सिरिजले आफ्नै च्यानलबाट सार्वजनिक गर्दैछ ।