११ साउन २०८३, सोमबार

स्पेनिस युवा मिडफिल्डर गाभीले युरोकप गुमाउने पक्का

मंसिर १३, २०८०
काठमाडौं
स्पेनिस युवा मिडफिल्डर गाभीले युरोकप गुमाउने पक्का

स्पेन राष्ट्रिय फूटबल टोलीका युवा मिडफिल्डर गाभीले आगामी वर्ष जर्मनीमा हुने युरोकप गुमाउने पक्का भएको छ ।

घुँडाका शल्यक्रिया गर्नुपर्ने भएकाले उनले अबका ८–१० महिना फूटबल खेल्न नसक्ने उनी आबद्ध क्लब बार्सिलोनाले जनाएको छ ।

अबको ७ महिनापछि अर्थात २०२४ जुन १४ देखि युरोकप शुरू हुँदैछ । गाभी सो अवधिसम्म ठीक नहुने भएसँगै उनले प्रतियोगिता गुमाउने पक्का भएको हो ।

null

गत नोभेम्बर १९ मा जर्जियाविरुद्धको खेलमा गाभी घाइते भएका थिए । युरोकप छनोटअन्तर्गतको सो खेलमा स्पेन ३–१ गोल अन्तरले विजयी भएको हो ।

१९ वर्षीय गाभी स्पेनका भरपर्दा खेलाडी हुन् । उनको अनुपस्थितिले टोलीलाई घाटा पर्ने निश्चित छ ।  

salt training

कमेन्ट गर्नुहोस्