०५ साउन २०८३, मंगलबार
भूकम्पको पीडा निरन्तर

जाजरकोटमा भूकम्पपछि पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु

मंसिर १४, २०८०
काठमाडौं
जाजरकोटमा भूकम्पपछि पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु
फाइल तस्वीर ।

जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडित एक बालिकाको चिसोका कारण मृत्यु भएको छ ।  वडा नं.१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोको कारण बुधवार राति मृत्यु भएको हो ।

ती बालिकाको निमोनियाका कारण मृत्यु भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंहले लोकान्तरलाई जानकारी दिइन् ।

गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको उनले बताइन् । 

भूकम्पपीडितका लागि उचित्र बासस्थान र पर्याप्त खाद्यान्न पुर्याउन नसकिएको उपाध्यक्ष सिंहले गुनासोसमेत गरिन् ।  

गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

सो भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो । साथै, धेरै भौतिक  र चौपायाको क्षति भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्