३१ असार २०८३, बुधबार

भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको  हल्लापछि...

मंसिर १६, २०८०
काठमाडौं
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको  हल्लापछि...

भारतको दक्षिणी शहर बेङ्लोरका दर्जनौँ विद्यालयमा बम राख्ने धम्की आएपछि शुक्रबार विद्यालय प्रशासनले प्रहरी बोलाई खानतलासी गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

 इमेलबाट प्राप्त धम्कीमा विद्यालय परिसरमा विष्फोटक पदार्थ राखिएको दाबी गरिएको छ । 

प्रहरीले बम डिस्पोजल टाली र तालिमप्राप्त कुकुरलाई विद्यालयमा खटाएको थियो । 

यद्यपि,  कुनै पनि शङ्कास्पद वस्तु फेला नपरेको र प्रहरीका अनुसार धम्की झुटो भएको देखिन्छ । एक स्थानीय टेलिभिजन च्यानलका अनुसार करिब ६० वटा विद्यालयलाई धम्कीपूर्ण इमेल प्राप्त भएको छ ।

पाँच हजारभन्दा बढी बालबालिकालाई घर फर्कनेलगायतका धम्कीका कारण आपतकालीन कदम चाल्न बाध्य पारिएको समाचारमा जनाइएको छ । धम्की नपाएका विद्यालयले समेत अभिभावकलाई आफ्ना छोराछोरीलाई घर लैजान अनुमति दिएका थिए ।

स्थानीय सरकारले इमेलको स्रोत पुष्टि गरिरहेको र अभिभावकलाई नआत्तिन आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्