१४ असार २०८३, आइतबार

बंगलादेशमा ५.८ म्याग्निच्युडको भूकम्प

मंसिर १६, २०८०
काठमाडौं
बंगलादेशमा ५.८ म्याग्निच्युडको भूकम्प

बंगलादेशमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । शनिबार बिहान ५.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था रोयटर्स जनाएको छ । 

समाचारमा जनाइएअनुसार भूकम्प १० किलोमिटर (६.२ माइल) गहिराइमा थियो । भूकम्पको धक्का भारतसम्म महसुस गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

तत्काल कुनै क्षतिको विवरण प्राप्त नभएको बंगलादेशका सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु कुमिल्ला जिल्ला रहेको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्