
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरीसहित एकजना आतंककारीको मृत्यु भएको छ ।
बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले टोलीलाई निशाना बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीको जारी गरेको विज्ञप्तिअनुसार प्रहरीको जवाफी कारबाहीमा आतङ्ककारीको मृत्यु भएको हो । फरार अपराधीहरूलाई पक्राउ गर्न खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पोलियो टोली सुरक्षित रहेको छ भने बालबालिकालाई पोलियो खोप खुवाउने अभियान अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।
अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।