२९ जेठ २०८३, शुक्रबार

गाजामा फेरि युद्धविराम गराउने प्रयास, फ्रान्सका राष्ट्रपति कतार जाने

मंसिर १७, २०८०
काठमाडौं
गाजामा फेरि युद्धविराम गराउने प्रयास, फ्रान्सका राष्ट्रपति कतार जाने

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले इजरायल-हमासबीच फेरि युद्धविराम गराउन पहल गर्ने बताएका छन् । जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)मा सम्बोधन गर्दै उनले त्यसका लागि आफू कतार जाने बताए । 

'यस अवस्थाले दिगो युद्धविराममा पुग्न र हमासका सबै बन्धकहरूको रिहाइ सुनिश्चित गर्न दोब्बर प्रयासको माग गर्दछ,' उनले भने, 'गाजाका जनतालाई तत्काल आवश्यक पर्ने सहयोग उपलब्ध गराउनु पनि महत्त्वपूर्ण छ।'

राष्ट्रपति म्याक्रोंले इजरायल हमासबीचको युद्ध आगामी १० वर्षसम्म जान सक्ने समेत बताएका छन् ।

यसअघि कतारकै पहलमा इजरायल-हमासबीच एक साता युद्धविराम भएको थियो । युद्धविरामको अवधि सकिएसँगै इजरायलले फेरि गाजामा आक्रमण शुरू गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्