
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् ।
मुख्यमन्त्री कार्कीले आइतवार शमशेर राईलाई आन्तरिक मामिला तथा कानून, गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
राई नेपाली कांग्रेस, उप्रेती नेकपा माअेवादी केन्द्र र जबेगु नेकपा एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनेका हुन् ।
मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, उद्योग, कृषि तथा सहकारी, खानेपानी, सिँचाइ तथा ऊर्जा, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय भने आफैंसँग राखेका छन् ।