
सडक डिभिजन भरतपुरले राजमार्गमा अनधिकृत तवरले राखिएका होर्डिङ बोर्ड र अस्थाई भौतिक संरचनाहरू भत्काउन शुरू गरेको छ । अनधिकृत होर्डिङ बोर्ड तथा अस्थाई भौतिक संरचनाले दुर्घटनाको जोखिम बढाएको भन्दै भत्काउन थालिएको हो ।

आज मुग्लिन-नारायणगढ सडक खण्डमा अनधिकृत तवरले राखिएका होर्डिङ बोर्ड तथा अस्थाई संरचनाहरू हटाइएको डिभिजनले जनाएको छ ।

राजमार्गमा विभिन्न निजी कम्पनी तथा संस्थाले राखेका होर्डिङ बोर्डलगायत प्रचार सामग्री क्रमश: हटाउँदै जाने डिभिजनले जनाएको छ ।