
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट हटाउँदा देश कंगाल बन्न लागेको आरोप लगाएका छन् । देशको भविष्य बनाउनको लागि २०८४ मा एमालेलाई एकल बहुमत दिन अपिल समेत गरेका छन् ।
गुल्मीको वामीटक्सारमा बुधवार मध्यपहाडी संकल्प यात्रालाई सम्बोधन गर्दै ओलीले देशको भविष्य र विकासका लागि २०८४ मा एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको बताएका हुन् ।
‘एमालेको एकल बहुमत भएन भए विरोधीले सरकारबाट हटाउँछन् । सरकारबाट एमाले हट्दा देश दुई वर्षमा कंगाल बन्न लाग्यो’ ओलीले भने, ‘मिसन २०८४ देशको भविष्यका लागि, विकासका लागि चाहिएको छ । सफल पार्नेगरी जुट्न सबैलाई अनुरोध गर्छु ।’
संकल्प यात्राको ७ औं दिन गुल्मीको वामीमा सभा भएको हो । एमाले टोली आज बागलुङको गलकोटमा बास बस्दैछ ।