१० असार २०८३, बुधबार

यी हतियारहरूको बलमा अमेरिकासँग लड्दैछ उत्तर कोरिया

कात्तिक २०, २०७४
यी हतियारहरूको बलमा अमेरिकासँग लड्दैछ उत्तर कोरिया

काठमाडौं, १४ असोज — अमेरिका र उसका साझेदारहरूसँग युद्धको सम्भावना बढ्दै जाँदा उत्तर कोरियाले सैन्य शक्ति बढाइरहेको छ ।


यही असोजको अन्तिमतिर उत्तर कोरियाले ठूलै आणविक वा क्षेप्यास्त्र परीक्षण गर्न सक्ने दक्षिण कोरियाले शंका गरेको छ ।

उत्तरको रोदोङ शिनमुन दैनिकको समाचारअनुसार, सेनामा भर्ती हुनका लागि करीब १२ लाखभन्दा बढी महिलासहित ४७ लाख मानिसहरू अघि सरेका छन् । यिनीहरू सबै स्वैच्छिक रूपमा सेनामा भर्ना हुन आएको अखबार लेख्छ ।

उत्तर कोरियासँग लगभग सात लाख सक्रिय सैनिक छन् अनि रिजर्भ फोर्समा करीब ४५ लाख सैनिक छन् ।

आवश्यकता परेमा त्यहाँको सरकारले कुल जनसंख्याको एक तिहाइ मानिसलाई सेनामा भर्ती हुने आदेश दिनसक्छ ।


उत्तर कोरियामा हरेक वयस्क पुरुषले सैनिक तालिम लिनैपर्छ । उनीहरूलाई प्रतिकूल परिस्थितिमा काम लगाउन सजिलो होस् भनी तालिम दिइएको हो ।

अब ४७ लाख मानिस सेनामा थपिए भने उत्तर कोरियाको रिजर्भ फोर्स नै ९० लाखभन्दा बढी हुन आउँछ । त्यसपछि त्यही जनशक्ति सक्रिय सैनिक बन्दै जान्छन् र उत्तर संसारको सबभन्दा विशाल सेना भएको देश बन्छ ।

जमीनबाट हुने लडाईंमा उत्तर कोरिया बलियो छ । उससँग लगभग पाँच हजार २५ वटा ट्यांक नै छ । सशस्त्र लडाकु वाहन ४१ सयवटा, आफैं पड्किने हतियार २२ सय ५० र रकेटहरू २४ सयवटा छन् ।

वायुसेनाको हतियार पनि बलियो छ । उससँग राडारका साथसाथै अनेकौं वायुरक्षा इकाइहरू छन् । त्यसमा ८१० फाइटर जेट, ३० वटा निगरानी तथा नियन्त्रण गर्ने जेट, ३३० वटा मालवाहक जहाज, १७० वटा तालिम दिने जेट र २९० वटा हेलिकप्टर छन् । उत्तरसँग थुप्रै रासायनिक हतियार पनि छ ।


त्यस्तै, जलसेना पनि बलियो छ उत्तरको । दर्जनौं आणविक हतियारसहितका पनडुब्बी र क्रुज क्षेप्यास्त्रहरू छन् । यसबाहेक ४३० सरफेस भेसल, २५० जहाज, २० ड्य्रागामाइन र ४० सहायक डुंगाहरू छन् । कोरियाली युद्धका बेलामा तत्कालीन सोभियत संघबाट प्राप्त पनडुब्बीहरूलाई उत्तरले सुधार गरेको बुझिन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्