११ असार २०८३, बिहीबार

बालकृष्ण बने भारतका आठौं धनी

कात्तिक २०, २०७४
बालकृष्ण बने भारतका आठौं धनी

पतञ्जलीका सीईओ आचार्य बालकृष्ण भारतको सवैभन्दा धनीको सूचीको आठौं नम्बर मा परेका छन् । गत वर्ष उनी यो सूचीको २५ औं नम्बरमा थिए ।

चीनको अनुसन्धान संस्था हुरुनले भारतमा २०१७ का धनीहरुको सूची सार्वजनिक गरेको छ ।

हुरुनलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार अनुसार बालकृष्णको सम्पत्ति तीव्ररुपमा बढ्नुमा नोटबन्दी र जीएसटीले मद्दत गरेको छ । नोटबन्दीले संगठित क्षेत्रमा सकारात्मक प्रभाव पारेको पनि संस्थानको भनाइ छ ।

हुरन को यस वर्षको भारतीय धनाढ्य सूचीको पहिलो स्थानमा सदा झैं मुकेश अम्बानी छन् । दोस्रोमा दिलीप सांघवी, तेस्रो एलएन मित्तल, चौथो शिव नादर, पाँचौं अजिम प्रेमजी, छैठौं साइरस एस पुनावाला, सातौं गौतम अडाणी, आठौं बालकृष्ण आचार्य, नवौं उदय कोटक र दसौंमा सुनील मित्तल छन् ।

यी सबैमध्ये बालकृष्णको सम्पत्ति वृद्धि दोब्बरभन्दा बढी प्रतिशतले भएको देखाइएको छ ।

४५ वर्षीय बालकृष्ण फोव्र्स पत्रिकाले जारी गरेको विश्वकै धनाढ्य सूचीको ८१४ औं स्थानमा थिए । गत वर्ष फोव्र्सकै भारतीय १०० धनाढ्य सूचीमा उनी ४८ औं स्थानमा थिए।

बालकृष्ण पतन्जलीका सिइओ भए पनि उनले कुनै तलब नलिने दावी गर्दै आएका छन् । कम्पनीमा ९४ प्रतिशत उनको हिस्सा भएको बताइन्छ । पतन्जली पछिल्ला वर्ष निकै फाइदामा चलिरहेको कम्पनी हो र यसले भारतमा विदेशी कम्पनीलाई समेत टक्कर दिइसकेको छ ।

वि.सं. २०२९ साल साउन १९ गते जन्मिएका उनको पुर्ख्यौली घर नेपाल हो ।

सन् १९८८ मा हरियाणाको खानपुरमा गुरुकूलमा अध्ययन गर्दादेखि योगगुरु रामदेवसँग गहिरो मित्रता हो। सन् १९९५ मा दुवै मिलेर ‘दिव्य फार्मेसी’ र २००६ मा पतन्जली आयुर्वेद स्थापना गरेका हुन्।

आज पतन्जलीले शृंगारदेखि खाद्यान्न र अन्य घरायसी सामग्री उत्पादन गर्दै आएको छ। कम्पनी बालकृष्णले सम्हाल्दै आएका छन् भने रामदेव यसको प्रवर्द्धन र प्रचारमा सक्रिय छन्।

salt training

कमेन्ट गर्नुहोस्