१८ असार २०८३, बिहीबार

शेखर कोइराला पक्षको बैठक बस्दै, गगन पनि सहभागी हुने

मंसिर २७, २०८०
काठमाडौं
शेखर कोइराला पक्षको बैठक बस्दै, गगन पनि सहभागी हुने

नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक आज बस्दैछ । यसअघि मंगलबार बस्ने भनिएको बैठक नेताहरूसँग परामर्शपछि आज बस्ने सहमति भएको हो । 

कांग्रेस नेता अर्जुन नरसिंह केसीले मंगलबारको बैठक बुधबारका लागि तय गरिएको बताए । बैठकमा महामन्त्री गगन थापा पनि सहभागी हुनेछन् । ‘पहिले समन्वय नभई बैठक बोलाइएको रहेछ । महामन्त्री पनि नहुने भएपछि राम्रो सन्देश जाँदैन भनेर मैले बैठक सार्न पहल गरें’, उनले भने, ‘ शेखरजी र गगनजी दुवै बसेर सहमति गर्नुभयो  । अब हाम्रो समूहको बैठक बुधबार बस्छ ।’

आगामी महासमिति बैठकसहित विषयमा छलफल समूहको बैठक बस्न लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्