१० असार २०८३, बुधबार

हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुल्यो

मंसिर २७, २०८०
काठमाडौं
हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुल्यो

आजदेखि हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुलेको छ । कम्पनीको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । पुस १ गतेसम्म समयसम्म बिक्री नभएपुस ११ गतेसम्म बिक्री खुला रहनेछ ।

कम्पनीले सर्वसाधारणको लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गरेको छ । अंकित मूल्य १ सयमा १०६ रूपैयाँ प्रिमियम थपेर एक कित्ता २०६ रूपैयाँका दरले बिक्री गर्ने भएको हो । 

कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरूका लागि ३० लाख कित्ता सेयर बाडिसकेको छ।  कम्पनीका कर्मचारीको लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुट्याएको छ।

सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ पुग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्