
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आइतवार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
गौतमले राजीनामा दिएसँगै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभा सचिव पदमप्रसाद पाण्डेयलाई महासचिव बनाउन सोमवार राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।