
काठमाडौंसहित विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानिलकण्ठ नगरपालिका-११ कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका-५ खोनपुर बस्ने ६० वर्षीया रुन्ची थारु सोही ठाउँस्थित खेतमा पानी सिचाई गर्ने कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
पर्साको वीरगन्ज महानगरपालिका-१६ ईनर्वागाँउ बस्ने २५ वर्षीय राकेश पटेल पनि आफ्नै सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।