२३ असार २०८३, मंगलबार

हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउन आवश्यक : राष्ट्रपति

मंसिर २८, २०८०
काठमाडौं
हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउन आवश्यक : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति बनाउन आवश्यक रहेको बताएका छन् । हस्तकला दिवसको अवसरमा बिहीबार हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपालको हस्तकला विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारले प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् । 

null

हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार गर्न सरकारका सम्पूर्ण निकायले वातावरण सृजना गर्न आवश्यक रहेको उनले बताए । ‘हस्तकला उद्योग नेपालको व्यापार मात्र नभई प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् सम्वर्द्धन गर्दै विश्वमा परिचित गराउने महत्वपूर्ण क्षेत्र हो । हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न  सकिन्छ,' उनले भने, 'उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ भन्ने मलाई लागेको छ ।’

राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरू विभिन्न जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकाले उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्