१० असार २०८३, बुधबार

जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन आजदेखि, सभामुख घिमिरेले उद्घाटन गर्ने

मंसिर २९, २०८०
बुटवल
जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन आजदेखि, सभामुख घिमिरेले उद्घाटन गर्ने

नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन आजदेखि बुटवलमा शुरू हुँदैछ । बुटवल जेसीजको आतिथ्यतामा रामनगस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आजदेखि महाधिवेशन शुरू हुन लागेको हो । 

महाधिवेशनको शुक्रबार दिउँसो २ बजे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कन्भेन्सन डाइरेक्टर तथा पूर्वअध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । 

राष्ट्रिय महाधिवेशन पुस २ गतेसम्म चल्ने छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औँ राष्ट्रिय महाधिवेशनसंगै भएकाले दुवै सन्दर्भ मिलाएर बुटवलमा कार्यक्रम गर्न लागिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्