११ असार २०८३, बिहीबार

भारतको निर्णयपछि बजारमा प्याजको मूल्य मनलाग्दी

मंसिर २९, २०८०
काठमाडौं
भारतको निर्णयपछि बजारमा प्याजको मूल्य मनलाग्दी

दक्षिणी  छिमेकी  भारतले  गएको  शनिबारबाट  लागु  हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । तरकारी, खाद्यवस्तुुमा छिमेकी मुुलुुक भारतसँग निर्भर रहेको नेपालमा भारतको प्रतिबन्धको फाइदा यहाँका सीमित र बिचौलियाले लिएका छन् ।
भारतले नेपालसहित अन्य देशमा प्याज निर्यात नगर्ने भन्दै सूचना जारी गरेपछि त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण नेपालीको भान्सामा देखिएको छ । भारत सरकारको निर्णयलगत्तै नेपाली  बजारमा  प्याजको  भाउ  महँगिएको  छ  ।  

गएको  शनिबारदेखि नै बजारमा प्याजको मूल्य मनलाग्दी छ । खुुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १७० रुपियाँमा मुुस्किलले किन्न  पाइन्छ  ।  त्यो  पनि  फाट्टफुट्ट  केही  पसलमा  मात्रै  पाइन्छ । अधिकांश पसलले राख्न छोडिसकेका छन् ।

भारतको  वैदेशिक  व्यापार  महानिर्देशनालयले  गत  बिहीबार  एक  राजपत्र  प्रकाशित  गर्दै  चालु  डिसेम्बरको  अन्तिमसम्म  प्याज  निर्यातको  कसिलो  व्यवस्था  परिमार्जन  गर्दै  शनिबारबाट  लागु  हुने  गरी  प्याज  निर्यातमा  प्रतिबन्ध  लगाएको जनाएको थियो । भारतले आगामी सन् २०२४ मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको खबर गोरखापत्रमा छापिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्