१२ असार २०८३, शुक्रबार

३२ करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

मंसिर ३०, २०८०
काठमाडौं
३२ करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

चाँगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ । नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न  भवनको हिजो उद्घाटन गरे । 

चाँगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ रुपैयाँमा निर्माण  भएको हो ।

त्यस अवसरमा नगरको विकासमा  विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै नगरप्रमुख खत्रीले नयाँ भवनबाट नगरवासीलाई  सेवा प्रवाह गर्न सहज हुने बताए । 

नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले तीन करोड, केन्द्र सरकारबाट सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्