२५ जेठ २०८३, सोमबार

साविक विजेता सिटीले अग्रता जोगाउन सकेन, क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो

पुस १, २०८०
काठमाडौं
साविक विजेता सिटीले अग्रता जोगाउन सकेन, क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग फूटबलको साविक विजेता म्यानचेस्टर सिटीले अग्रता जोगाउन नसक्ला तुलनात्मक सानो टोली क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।

पछिल्लो तीन सिजनको विजेता सिटीले २–० को अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेसविरुद्ध शनिवार राति २–२ गाेलको बराबरीमा रोकिएको हो ।

स्टार स्ट्राइकर एर्लिङ हालान्ड विना नै मैदानमा उत्रिएको सिटीले २४औं मिनेटमा ज्याक ग्रिलिसको गोलमा अग्रता दिएको थियो । 

रिको लुइसले खेलको ५४औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाए । 

तर खेलको अन्त्यतिर सिटीले लय गुमायो । जिन–फिलिप मटेटाले ७६औं मिनेटमा गोल गर्दै प्यालेसलाई खेलमा फर्काएका थिए ।

इन्ज्युरी समयको चौथो मिनेटमा क्रिस्टल प्यालेसले पेनाल्टी पायो । पेनाल्टीमा माइकल ओलिसेले सहजै गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । र, क्रिस्टल प्यालेसलाई एक अंक दिलाए ।

यस बराबरीपछि सिटी १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा नै छ । क्रिस्टल प्यालेस भने १७ खेलमा १७ अंकसहित १५औं स्थानमा छ ।

शनिवार राति नै भएको अर्को खेलमा चेल्सीले सेफिल्ड युनाइटेडविरुद्ध २–० को जीत निकालेको छ । चेल्सीको जीतमा कोल पाल्मर र निकोलस ज्याक्सनले गोल गरेका हुन् ।

जीतपछि चेल्सी १० खेलमा २२ अंक बटुल्दै १०औं स्थानमा उक्लिएको छ । सेफिल्ड भने १७ खेलमा ८ अंकका साथ पुछारमा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्